नियम १६ग
सामुदायिक तथा खुला कारागार व्यवस्थापन समिति सम्बन्धी व्यवस्था
(१) सामुदायिक सेवा तथा खुला कारागारको सञ्चालन र व्यवस्थापनको सम्बन्धमा कारागार व्यवस्थापन विभागलाई राय सुझाव दिन र कसूरदारलाई सामुदायिक सेवा वा खुला कारागारमा पठाउने सम्बन्धमा विभागलाई आवश्यक परामर्श दिन देहाय बमोजिमको एक सामुदायिक सेवा तथा खुला कारागार व्यवस्थापन केन्द्रीय समिति रहनेछ –
(क) महानिर्देशक, कारागार व्यवस्थापन विभाग – अध्यक्ष
(ख) प्रतिनिधि (वरिष्ठ प्रहरी उपरीक्षक), प्रहरी
प्रधान कार्यालय – सदस्य
(ग) कानून अधिकृत, गृह मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि (उप–सचिव), कानून, न्याय तथा
संसदीय व्यवस्था मन्त्रालय – सदस्य
(ङ) कारागार सुधार र सामुदायिक सेवाको क्षेत्रमा
कार्यरत गैर सरकारी संस्थामध्येबाट कारागार व्यवस्थापन विभागको महानिर्देशकले तोकेको
दुईजना प्रतिनिधि – सदस्य
(च) निर्देशक, कारागार व्यवस्थापन विभाग – सदस्य–सचिव
(२) जिल्लास्तरमा सामुदायिक सेवा र खुला कारागारको सञ्चालन तथा
व्यवस्थापन गर्न र कुनै कसूरदारलाई सामुदायिक सेवामा पठाउने सम्बन्धमा कारागार कार्यालयलाई आवश्यक परामर्श दिन प्रत्येक जिल्लामा देहाय बमोजिमको एक
सामुदायिक सेवा तथा खुला कारागार व्यवस्थापन जिल्ला समिति रहनेछ –
(क) जेलर, कारागार कार्यालय – अध्यक्ष
(ख) प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय – सदस्य
(ग) प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय – सदस्य
(घ) प्रतिनिधि, जिल्ला सरकारी वकील कार्यालय – सदस्य

कार्यरत गैर सरकारी संस्थामध्येबाट जेलरले
तोकेको एकजना प्रतिनिधि – सदस्य
(३) उपनियम (१) वा (२) बमोजिमको समितिले बैठकमा कुनै विशेषज्ञलाई पर्यवेक्षकको रुपमा आमन्त्रण गर्न सक्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिमको समितिले बैठक सम्बन्धी कार्यविधि आफै निर्धारण गर्न सक्नेछ ।
(५) उपनियम (१) वा (२) बमोजिमको समितिको अन्य काम, कर्तव्य र अधिकार
कारागार व्यवस्थापन विभागले तोकिदिए बमोजिम हुनेछ ।